0 COMMENTS

साउन ३१, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले गएराति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो ।

स्वचालित मुल्य प्रणाली अनुसार भारतीय आयल निगमलबाट मुल्य बढेर आएपछि निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गर्ने निर्णय गरेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ । यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

अब सार्वजनिक यातायातका भाडा समेत बढ्ने छ । मूल्य घट्दा भाडा घटाउन आनाकानी गर्ने व्यवसायीहरुले भाडा बढाउन यातायात व्यवस्था विभागलाई दवाव दिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।