0 COMMENTS

साउन २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बाढीपहिरोबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै प्रभावित र पीडितहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले प्रेस वक्तव्य जारी गर्दै बाढीपहिरोपीडित जनताको सहयोगमा खट्न पार्टीका सबै तहका नेता–कार्यकर्तालाई विशेष निर्देशन पनि दिएका छन् ।

प्रवक्ता कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘देशका विभित्र भागहरूमा भएको अविरल वर्षाका कारण बाढी–पहिरोले मानिसहरूको मृत्यु भएको छ । कतिपय बेपत्ता भएका छन् र थुप्रै सम्पत्तिको नोक्सानी भएको छ । कतिपय स्थानहरूमा यातायात आवागमनसमेत बन्द हुन पुगेको छ । सर्वप्रथम हाम्रो पार्टी मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित तिनका परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘प्राकृतिक विपत्तिको यस दुःखद् घडीमा बेपत्ता भएकाहरूको अविलम्ब खोजी गर्न, घरबास बगाएकाहरूका लागि तत्काल गाँसबासको व्यवस्था गर्न, नोक्सान भएको सम्पत्तिको उचित क्षतिपूर्ति प्रदान गर्न र अप्ठ्यारोमा परेका जनतालाई राहत प्रदान गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै बाढीपहिरोबाट पीडित जनताको सहयोगमा तत्काल खट्न हाम्रो पार्टी सबै स्तरका नेता तथा कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।