0 COMMENTS

साउन २३, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस इकाई समितिले २२२ रोपनी जमिनमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेर भू–माफियाको विरुद्धमा साङ्केतिक रूपमा सङ्घर्ष गरेको छ ।

मङ्गलबार पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको २२२ रोपनी जमिन पराजुली समूहले गर्न खोजेको अतिक्रमणको विरुद्धमा उक्त जमिनमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेर भू–माफियाको विरुद्धमा साङ्केतिक सङ्घर्ष गरेको हो । उक्त जमिनमा अमला, कपुर सहित करिब २२५ बिरुवा रोपेर शान्तिपूर्ण विरोध कार्यक्रम गरेको पिएन क्याम्पसका संयोजक मनिस रेग्मीले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यार्थी सङ्गठनको चार नम्बर प्रदेश संयोजक प्रेमप्रशान्त बोहरा, अतिथिहरु कास्की जिल्ला संयोजक कमला परियार लगायत क्रान्तिकारी युवा सङ्गठन, महिला र मजदुर सङ्गठनका नेताहरुको समेत उपस्थिति रहेको थियो । विगत लामो समयदेखि क्याम्पसले भोगचलन गर्दै भू–माफियाहरुले अतिक्रमण गर्न खोजेपछि शान्तिपूर्ण कार्यक्रम गरेर त्यसको विरोध गरिएको र यदि जमिन अतिक्रमण गर्ने पराजुली समूहहरुले पछि हट्न तयार भएनन् भने थप चरणबद्ध सङ्घर्ष गरिने सङ्गठनका क्याम्पस जिल्ला संयोजक गगन परियारले चेतावनी दिए ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि विद्यार्थी सङ्गठनको प्रदेश संयोजक प्रेमप्रशान्त बोहराले सम्बोधन गर्दै कार्यक्रम समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।