0 COMMENTS

साउन २३, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको हो ।

स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक बालक भने भेटिएका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ । घटनास्थलमा घाइते र मृत्यु भएकाहरूको उद्धार जारी रहेको एक स्थानीयले बताए । घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएका छन् । मृतकको पहिचान हुन भने अझैँ बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।