0 COMMENTS

साउन २२, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध विरोध तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार माछापुच्छ्रे गाउँपालिका सङ्गठन समितिले माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोक निवासी जनतामारा मिटर व्याजी कृष्ण अधिकारीको विरुद्ध विरोध तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको हो ।

मिटर व्याजी कृष्ण अधिकारीले पीडित जानकी परियारलाई रु. १७ लाख ऋण दिइ त्यस बापत साँवा र ब्याज सहित रु. १ करोड ८५ हजार रकम असुली गरेको छ । रु. ३३ लाखको चेक र रू. ६५ लाखको फर्जि तमसुक बनाई पीडितलाई मानसिक र शारिरीक याताना दिएको तथा अन्य दर्जनौँ सोझासाझा जनताहरुलाई पनि ऋण दिई मिटर ब्याज लगाई ठगी धन्दा गरेको पीडितको गुनासो आएसँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जनसहभागिता सहितको जनसङ्घर्ष उत्रेको छ । दर्जनौँ पीडितहरुले आफूलाई शारीरिक र मानसिक यातना दिइरहेको बताएका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माछापुच्छ्रे गाउँपालिका सङ्गठन समिति कास्कीका संयोजक विजय परियारले कार्यक्रम सञ्चालन गरेका थिए भने कमला परियार, लोकेन्द्र राइ र भिमसेन परियारले पीडितलाई न्याय दिनुपर्छ भनि कार्यक्रम सम्बोधन गरेका थिए । यदि तत्काल पीडित भनिएकाहरुलाई न्याय नमिले थप चरणबद्ध सङ्घर्षमा उत्रिने चेतावनी पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।