0 COMMENTS

साउन २२, काठमाडाैँ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ४० वर्षीय शिवकुमार कार्कीको खोजीको माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । विदेशबाट फर्केको ४ महिनापछि हराएका बेनीघाट रोराङ गाउँपालिका–५ का ४० वर्षीय शिवकुमार कार्कीको खोजीको माग गर्दै स्थानीयबासी आन्दोलित भएका हुन् । कुवेतबाट बिदामा आएका कार्की साउन २२ गते श्रमिकको रुपमा विदेश जाने तयारी गरेका थिए । स्थानीय ३५ वर्षीय इन्द्र कँडेलसँग साउन ३१ गते घुम्न हिँडेका थिए ।

बेनीघाटरोराङ गाउँपालिका–५ एक बारमा मदिरा सेवन गरी निस्केका उनीहरुमध्ये कार्की हराएको र हालसम्म पनि नभेटिएकोले हत्या भएको आशंका गरिएको बेपत्ता भएका शिवकुमारका दाजु सोनिज कार्कीले जानकारी दिए । शिवकुमार आफूले प्रयोग गर्ने मोबाइलबाट कुमारी तिवारीको मोबाइल नम्बरमा पटकपटक कल गरेको र अन्तिमपटक सम्पर्क भएको समेत देखिएको आधारमा प्रहरीले बेनीघाट रोराङ गाउँपलिका–५ की ४० वर्षीया कुमारी तिवारी, सँगै घुम्न हिँडेका र अन्तिमसम्म सँगै होटलमा मदिरा पिएको साथी ३५ वर्षीय इन्द्र कँडेललाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको छ । यस बाहेक घटना भएपछि बेनीघाटबजार बासीले पक्राउ गरिएकाहरुको मिलेमतोमा शिवकुमारको हत्या गरिएको हुनसक्ने भएकोले खोजी गरिदिन माग गरेका छन् ।

आरोपितहरुविरुद्ध किटानी जाहेरी हाल दर्ता नभएपनि मानिस हराएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।उनी हराएको सम्बन्धमा खोजविन गरि कर्तव्य गर्नेहरुलाई कारबाहीको माग गर्दै बजारबासीले बिशालटार प्रहरी चौकीमा धर्ना दिएका छन् भने बेनीघाटस्थित वडा नम्बर ५ को कार्यालयमा समेत धर्ना दिएका छन् ।

आरोपित तिवारीलाई पटकपटक प्रहरी कार्यालयबाट जिम्मा लिएर वडाध्यक्षले लगेको र हराएपछि खोजी गर्न नसघाएपछि बजारबासी वडाध्यक्षविरुद्ध आक्रोसित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।