0 COMMENTS

साउन १९, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति पढ्दै मल्लले भनेका छन्- ‘क्रिकेटमा पनि कुनै समय कसैलाई मैले रिप्लेस गरेको थिएँ होला । यो मेरो समय हो । त्यसैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु’, ।

उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सजिलो नभएको पनि  उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।