0 COMMENTS

साउन १९, काठमाडाैँ । दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर- ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । बेपत्ता हुनेहरूमा स्थानीय ५५ वर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ वर्षका हरिलाल श्रेष्ठ रहेका छन् । उनीहरूको खोजी भइरहेको छ ।

पहिरोको कारण ६ वटा घरमा पुनः रूपमा क्षति गरेको छ भने, दुई दर्जन घरमा आंशिक क्षति गरेको छ । वडा नम्बर-८ खारेबाट झरेको पहिरोले वडा नम्बर-७ मा जनधनको क्षति गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।