0 COMMENTS

साउन १४, काठमाडाैँ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसे पछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सो राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुन पुगेको हो ।

पहिरो खसेर राजमार्ग अवरुद्ध भए पछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन बिहानदेखि नै पहिरो खुलाउने प्रयास गरिरहेको छ । कर्पोरेसनका अनुसार ब्रेकर लगाएर ढुंगा फुटाएर सवारी साधन सञ्चालन गर्न सकिने भन्दै काम सुचारु गरिएको हो । ठूलाठूला ढुंगा र लेदोसहितको पहिरो सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।