0 COMMENTS

साउन ८, काठमाडाैँ । बैतडीमा पहिरोले घर पुरिँदा २ जना आमा छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनामा मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी र सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् । उनीहरूको दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् ।

पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै केही पशुचौपाया पनि मरेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।