0 COMMENTS

साउन ६, काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबारे आफ्नो अभिव्यक्ति गलत भएको बताएका छन् । बस्नेतले अवैध सुन प्रकरणबारे आफ्नो अभिव्यक्तिले गृहमन्त्री श्रेष्ठको प्रतिष्ठामा परेको असरप्रति दुःखी भएको बताए ।

शनिबार बस्नेतले गृहमन्त्रीलाई भेटेर आफ्नो समाचार स्रोत गलत भएको भन्दै गल्ती भएको महशुस गरेपछि उनीविरुद्ध दिएको उजुरी फिर्ता लिने तयारी भइरहेको छ । भेटमा बस्नेतले गल्ती महशुस गरेपछि साइबर ब्युरोमा दायर मुद्दा फिर्ता लिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

“नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद हालेको उजुरी फिर्ता भएको छ । धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड । केही बुझाईमा फरक परेछ हामीबीच तर नियत गलत थिएन । विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ त्यो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु” भेटपछि बस्नेतले फेसबुकमा लेखेका छन् ।

त्यसैगरी भेटमा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद कुनै समझौता नगर्ने अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एक्येवद्दता जनाएको समेत बस्नेतले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।