0 COMMENTS

साउन ६, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीको जिल्ला एकता अधिबेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । बैठकले संयाेजक प्रकाश रावल ‘अनमोल’ र सह-संयाेजक विन्तीराम चौधरीको संयोजकत्वमा ८३ सदस्यीय जिल्ला सङ्गठन समिति निर्वाचित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इञ्चार्ज गुणराज लोहनी ‘प्रविर’ ले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्पमा नयाँ जनवादी बैज्ञानिक समाजवादी ब्यवस्था आवश्यक रहेको बताए । त्यसैगरी पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा ७ नं. प्रदेश संयोजक महानले पार्टी एकताका कामहरु सम्पन्न गरेर पार्टीले वर्गसङ्घर्ष गर्ने तयारी गरेको बताए । त्यस्तै अर्का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक डाइमन्डले सम्पूर्ण उत्पीडित तथा श्रमजीविहरुलाई दृढताका साथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गरे ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य सङ्घर्ष र शिखरले बोलेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य रुद्र, टंक र देवीराम लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।