0 COMMENTS

साउन ६, झापा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको झापा जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अधिवेशन तथा प्रशिक्षण कार्यक्रम झापा जिल्लाको सुरुङ्गामा शुक्रबार सम्पन्न भएको हो । अधिवेशनले प्रशान्तको संयोजकत्वमा ४९ सदस्यीय झापा जिल्ला संगठन समिति चयन गरेको छ ।

अधिवेशन तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अथिति पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज निर्मलले पार्टी केन्द्रको भाव संप्रेषण गर्दै प्रशिक्षणमूलक मन्तव्य राख्नुभयो । वहाँले क्रान्तिको कार्यभार पुरा गर्न क्रान्तिकारी पार्टी र जनसमुदायको बलियो एकता कायम हुनुपर्ने साथै अबको क्रान्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्ने बताउनु भयो ।

कार्यक्रमका अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले संसदवादमा पतन भएका केही कम्युनिस्ट नामधारीहरुले देश र जनतालाई भ्रममा पारी धोका दिएको र इतिहासप्रति गद्दारी गरेर कम्युनिस्ट आन्दोलनलाई नै भ्रष्टीकरण गरिरहेको बताउनुभयो । वहाँले त्यस्ता बेइमान तथा गद्दार कम्युनिस्ट नामधारीहरुको सशक्त भण्डाफोर गर्दै तिनका सबैखाले कर्तुतहरुको चिरफार नगरी र जनतालाई नबुझाइकन परिस्थिति बदल्न नसकिने पनि बताउनु भयो ।

कार्यक्रमका अथितिहरू पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका १ नं. प्रदेश सह–संयोजक नरेश, झापा जिल्ला संगठन समितिका इन्चार्ज विमल, केन्द्रीय सदस्य तथा १ नं. प्रदेश कार्यालय सचिव अनुपमलगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन झुरेन्द्र पाण्डेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।