0 COMMENTS

साउन ६, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीले पोखरा लेकसाईड बराहीचोकको सार्वजनिक जमिन व्यवसाय गर्नको लागि सम्झौता गरि दिएको हुँदा उक्त सम्झौता तत्काल खारेजको माग गर्दै उक्त जमिनमा कालो ब्यानर टाँसेको छ ।

पोखरा महानगरपालिकाले सार्वजनिक हित भन्दा पनि निजी व्यबसायीलाई पोस्ने गरी सूर्य नेपाल प्रा.लि.लाई पोखरा लेकसाईड बराहीचोकमा रहेको सार्वजनिक जमिन व्यवसाय गर्नको लागि सम्झौता गरि दिएको हुँदा उक्त सम्झौता तत्काल खारेजको माग गर्दै पहिलो चरणको संघर्ष कार्यक्रम अनुसार पोखरा लेकसाईड बराहीचोकको सार्वजनिक जमिनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले कालो ब्यानर राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।