0 COMMENTS

असार १९, काठमाडौँ । नेपालले लगातार तेस्रो पटक एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मलेसियाको बयुमास ओभलमा आज भएको फाइनलमा आयोजक मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गरि लगातार तेस्रो पटक उपाधि जितको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो। नेपालका लािग नरेन भट्टले ८९ बलको सामना गर्दै ११२ रन बनाइ अविजित रहे । उनले १० चौका र २ छक्का प्रहार गरे । नेपालका लागि अर्का ब्याटर निरज कुमार यादवले ४७ रन बनाए। यस्तै सन्तोष यादवले २६ तथा सूर्यांशु कोइरालाले १८ रन जोडे ।

मलेसियाका महम्मद अक्रमले सर्वाधिक ३ विकेट लिए भने अरिन अकिल, हजिक हैकल र महम्मद फथुल मुइनले १–१ विकेट लिए । २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४औँ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो । मलेसियाका लागि मोहम्मल अक्रमको १० रन नै सर्वाधिक रहयो ।

मलेसियालाई सस्तैमा समेटन नेपालका कप्तान अविशेक तिवारीले सर्वाधिक ५ विकेट लिए । यस्तै सन्तोष यादवले ३ विकेट लिँदा सागर गैरे र अशोक धामीले १÷१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।