0 COMMENTS

असार १९, काठमाडाैँ । अर्घाखाँचीको पणेनामा खसेको पहिरोले घर पुरिँदा ३ बालबालिकाको मृत्यु भएको छ । पाणिनि १ पणेनाको गोहनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा ३ जना बालबालिकाको मृत्यु भएको हाे ।

एक १४ वर्षीय बालकको भने सकुशल उद्दार गरिएको वडा अध्यक्ष कमल पोख्रेलले बताए । उनलाई उपचारका लागि पाल्पा पठाइएको छ । 

आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।