0 COMMENTS

असार ४, काठमाडौँ । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा आज (सोमबार) राष्ट्रिय सभागृहमा अपराह्न तीन बजे घोषणा हुँदैछ । समाजवादी मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् ।

नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।  तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमतिसमेत जुटेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको नेताहरुको बैठकले सोमबार मोर्चा घोषणा गर्ने सहमति गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।