0 COMMENTS

असार १, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वलिकले आजबाट जवाफी बहस गर्ने भएका छन् । पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले जवाफी बहस गर्ने तय भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिलको जवाफी बहस आजै दिउँसो २ बजेभित्र नै सक्न निर्देशन दिएका छन् । जवाफी बहस सकिएपछि आजै सम्भवत आजै धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ । बहस सकिएपछि आजै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना र फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा गत जेठ १० गते मुद्दा दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।