0 COMMENTS

जेठ २०, काठमाडौँ । भारत भ्रमणमा गएको समयमा त्यहाँको सरकारसँग राष्ट्र र जनविरोधी सम्झौता र गतिविधि गरेर फर्किंदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोधमा कालोझन्डा देखाउने तयारी गरिरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध युवा–विद्यार्थी सङ्गठनका नेता–कार्यकर्तालाई प्रहरीले विमानस्थल नजिकैबाट गिरफ्तार गरेको छ ।

कालोझन्डा देखाउने तयारी गर्दै गरेका अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई, उपाध्यक्ष वीरेन्द्र शाह, सपना पुनमगर, केबी मल्ल, युवा सङ्गठनका नेताहरू झलक विक, कविता कार्की, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, उषाकिरण आजाद, नमराज विकलगायत क्रान्तिकारी युवा–विद्यार्थीका नेताहरूलाई प्रहरीले शनिबार अपराह्न गिरफ्तार गरेको पार्टीको कार्यालय स्रोतले जनाएको छ ।

देश र जनताका पक्षमा आन्दोलनरत युवा–विद्यार्थीलाई राष्ट्रघातविरुद्ध प्रदर्शन गर्ने तयारी गर्दै गर्दा गिरफ्तार गरेको भन्दै पार्टीले खेद व्यक्त गरेको छ । गिरफ्तार युवा–विद्यार्थी नेता–कार्यकर्तालाई अविलम्ब रिहा नगरिए कडा सङ्घर्षमा उत्रिने चेतावनी पनि पार्टीले दिएको छ ।

गिरफ्तार गरिएका नेता–कार्यकर्तालाई प्रहरीले कहाँ राखेको छ भन्ने जानकारीसमेत दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।