0 COMMENTS

जेठ २०, काठमाडौँ । भारतको ओडिशामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा २३८ जनाभन्दा बढी यात्रुको मृत्यु भएको छ, भने ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै मालगाडीसँग ठोक्किएको हो ।

घटनाबारे जानकारी लिन भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीटमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनकाअनुसार गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिइने छ ।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्यभर शोकको घोषणा गरेका छन् । ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स पठाइएको जनाएका छन् । यो भारतमा भएको यस शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।