0 COMMENTS

जेठ ९, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । सरकारले आगामी ‍आ‍र्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम पेश गरेको थियो ।

राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले गत ५ जेठमा संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम पेश गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहनेछ । संसद बैठकमा प्रमुख प्रतिपक्ष दल र सत्तापक्षका सांसदलहरुले नीति तथा कार्यक्रमाथि धारणा राखिरहेका छन् । आज विहान ११ बजे संसद बैठक बस्दैछ ।

जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको नीति तथा कार्यक्रममाथि आज पनि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको छ । सोमबारको बैठकमा झन्डै चार दर्जन सांसदले आफ्नो धारणा राखिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।