0 COMMENTS

 जेठ ९, काठमाडाैँ । भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको नजरमा नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो ।

न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले अवलोकन तथा मूल्याङ्कन पछि सो घोषणा गरिएको हो ।

सो नतिजा पछि खुसी लागेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले बताइन । अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरूको संयुक्त मेहनतको कारण अस्पताल मुलुकको सर्वोत्कृष्ट हुन सकेको उनले जनाएकी छिन् । उनले सो अस्पतालमा मेहनतका साथ काम गर्ने सबै कर्मचारीलाइ धन्यवादसमेत दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।