0 COMMENTS

जेठ ९, काठमाडौँ । आफूलाई विश्वको एक नम्बर अर्थतन्त्र वा बलिया दाबी गर्दै आएको अमेरिका आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगेको छ । आर्थिक समस्याका कारण संकट आउन थालेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले जी-७ को को क्रममा भ्रमण छोडेर स्वादेश पुगेका छन् ।

जी-७ को बैठकमा भाग लिन बाइडेन पपुवा न्युगिनी पुगेका थिए । तर भ्रमण रद्द गरेर स्वदेश फर्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । रिपब्लिकन नेतृत्वको सदनले राष्ट्रपति जो बाइडेनले वर्तमान र भविष्यको सामाजिक सुरक्षा योजनामा कटौती नगरे राष्ट्रिय ऋण तिर्न नदिने बताएका छन् । संसदले सरकारी ऋण तिर्ने स्वीकृति केही दिनभित्रै नदिएमा अमेरिकाले विश्व अर्थतन्त्रमा आफ्नो स्थान गुमाउने पक्का छ ।

जी–सेभेनको बैठकको क्रममा पपुवा न्युगिनीले अमेरिकी बाइडेनको सम्मानमा विशेष तयारी समेत गरेको थियो । तर यहीबेला देशको अर्थतन्त्रमा समस्या देखिएपछि बाइडेन स्वदेश फर्किएको बताइएको छ । सरकार ऋण तिर्नका लागि असमर्थ भएमा लाखौँ मानिस सामाजिक सुरक्षा सेवा प्राप्तिबाट वञ्चित हुने छन् । ऋण भुक्तानी स्वीकृतिका लागि ह्वाइटहाउस र रिपब्लिकन नेतृत्वको संसदबीच पछिल्लाे एक हप्तासम्म पहल भए पनि सहमति हुन जुट्न नसकेपछि बाइडन हतरमा भ्रमण छोडेर फिर्ता भएका हुन् ।

स्वादेश फिर्ता भएपछि जो बाइडनले सभामुख केभिन क्यार्थीसँग छलफल थालेको बताइएको छ । जापानको हिरोसिमामा बाइडेनले विश्व अर्थतन्त्रबारे प्रतिबद्धता नजनाएकामा विश्वका नेताहरूले आश्चर्य व्यक्त गरेका थिए । बीबीसीका अनुसार बाइडेनको प्रतिबद्धता नआउनुमा अमेरिकी अर्थतन्त्रको समस्या नै रहेको छ ।

यो आर्थिक संकटकै कारण युक्रेनमा अमेरिकी नेतृत्वको गठबन्धन पनि रुससँग पराजित हुने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।