0 COMMENTS

जेठ ४, काठमाडौँ । सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको ज्यान गएको छ । सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कँदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी शेर्पा सहयोगी फूर्वा शेर्पाको निधन भएको नेपाली सेनाले जनाएको छ ।

उनको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै सगरमाथाको आरोहण गरी फर्कने क्रममा टोलीका केही सदस्यसमेत अस्वस्थ बनेका छन् । सहसेनानी दिपेन्द्रसिंह खत्रीलगायत अस्वस्थ बनेका हुन् । खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीहरु समेतको सहयोगमा क्याम्प- २ सम्म ल्याइ त्यहाँबाट थप उपचारको लागि काठमाडौँ ल्याएको छ ।

अन्य ३ जनालाई पनि उपचारको लागि काठमाडौँ ल्याइएकोमा अहिले सबैको अवस्था सामान्य रहेको सेनाले जनाएको छ । केही दिनयता टोलीमा संलग्न १० जनाको टोलीले सगरमाथाको आरोहण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।