0 COMMENTS

जेठ ४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्वोच्च अदालतले पार्टीका नेता रेशम चौधरीलाई जन्मकैद दिने जिल्ला र पुनरावेदन अदालनतको फैसला सदर गरेको यियो । त्यसप्रति आपत्ति जनाउँदै नागरिक उन्मुक्तिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा नेताहरुले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मागसमेत गरेको छ । टिकापुर घटनाको छानविन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोग गठन गरेको थियो । आन्दोलनका कार्यक्रम अनुसार जेठ ३, ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा गरिएको वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारी दिए ।

२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर, उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।