0 COMMENTS

जेठ १, काठमाडौँ । अहिलेको प्रचण्ड गर्मी मौसममा काक्रोलाई अमृत समान मानिन्छ । काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ । कोक्रालाई पातलो स्लाइसमा काटेर आँखाको दुवै पट्टी लगाउँदा आँखा वरिपरि भएको कालो दागसमेत हटेर जान्छ । काक्रोमा प्रशस्त मात्रामा पानी पाइने भएकाले यसले हाम्रो शरीरमा आवश्यक पर्ने पानीको मात्रालाई कायम राख्ने काम गर्दछ । यसका साथै काक्रोको प्रयोगले हाम्रो शरीरमा नुन युरियनको मात्रालाई कम गर्न सहयोग गर्दछ ।

काक्रोलाई सलादको रूपमा प्रयोग पनि खान सकिन्छ । साथै यो गर्मीमा नुन खुर्सानीसँग मोलेर अचार बनाएर खाँदा त्यो स्वाद कसैले बिर्सिन सक्दैन । काक्रोमा क्याफिन, कुकुरविटासिन्स, लुटेन, फिस्टिनलगायत तत्त्व हुन्छन् । जसले स्तन, ओभरी, प्रोस्टेट र पाठेघरको क्यान्सर हुनबाट बचाउँछन् । काक्रोमा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्सर सेल्स बढ्न नदिने चिकित्सकले बताएका छन् ।

काक्रो जति स्वादिष्ट छ त्यति नै फाइदाजनक पनि छ । त्यसैले गर्मी मौसममा कोक्रालाई शीतलता प्रदान गर्न मात्र होइन । अनुहारमा र आँखामा चमक ल्याउन सकिन्छ ।

बुँदामा काक्रोका फाइदा
– काक्रोको सेवनले शरीरमा भएको कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।
– काक्रोको सेवनले अनुहारमा चमक ल्याउन मद्दत गर्छ ।
– काक्रोमा फाइबर र प्रशस्त मात्रामा पानी पाइने कारण यसको दैनिक सेवनले तौल घटाउन मद्दत गर्दछ ।
– फ्रेस काक्रोको चानालाई आँखामा दैनिक आँधा घण्टा राख्दा आँखा चम्किलो हुन मद्दत गर्दछ ।
– काक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकन र मिनरल्स भएको कारणले शारीरिक विकासका लागि यसको महत्त्वपूर्ण भूमिका रहन्छ ।
– काक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ ।
– काक्रोको जुस बनाएर खादा मधुमेहका लागि निकै फाइदाजनक मानिन्छ ।
– काक्रोमा भएको पानीले विषाक्त तत्त्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन मद्दत गर्छ ।
– काक्रोलाई राम्ररी चपाएर खाँदा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ ।
– दैनिक रूपमा काक्रोको सेवनले मुखमा रहेका ब्याक्टेरिया नष्ट गरी मुखको गन्ध हटाउँछ ।
– काक्रोले कब्जियतको समस्याबाट मुक्त गराउँछ ।
– मस्तिष्कलाई स्वस्थ राख्नका साथै मस्तिष्कमा कुनै रोग लाग्न दिँदैन ।
– काक्रोमा भएको भिटामिन ‘के’ ले हड्डीहरू बलियो बनाउँछ ।
– पाचनपक्रियालाई बलियो बनाउन मद्दत गर्छ ।
– काक्रोमा भएको पोटासियमको मात्राले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।