0 COMMENTS

जेठ १, काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आराेपमा रायमाझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि रायमाझीलाई प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीले वैशाख २० गते नै पक्राउ पुर्जी गरेको थियो ।

गृहजिल्लाबाट काठमाडौंको लागि हिडेका रायमाझी सम्पर्कविहीन भएपछि प्रहरीले फरार सूचीमा राखेर खोजी कार्य जारी राखेकाे थियो । प्रहरी स्रोतका अनुसार रायमाझी बुढानिलकण्ठस्थित आफन्तको घरमा लुकेर बसेका थिए । संचारमाध्यम तथा सामाजिक संजालमा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमै रायमाझी लुकेर बसेको आरोप लागेको थियो ।

एमालेले निलम्बन गर्दै प्रहरी अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको थियो तर रायमाझी लुकेर बसेका थिए । रायमाझीसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ । यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जना पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।