0 COMMENTS

वैशाख ३१, काठमाडौँ । केही दिनदेखि युक्रेनको बाखमुत क्षेत्रमा लडाइँ भिषण भइरहेको छ । रुसले क्रेमलिनमा ड्रोन हमलापछि सो क्षेत्रमा लडाइँ भिषण बनाएको छ । सामरिक महत्वको उक्त क्षेत्रलाई रुसले करिबकरिब कब्जामा लिइसकेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

बखमुतमा युक्रेन पराजय भएपछि किभसमेत गुमाउने भएपछि उसले पनि अन्तिम शक्ति लगाएर रुसको प्रतिकार गरिरहेको छ । अमेरिका, बेलायत, क्यानाडासहितका देशमा स्पेशल फोर्सले पनि रुससँग लडिरहेकाे पुष्टी भएको छ । अहिलेसम्म पश्चिमा देशहरुले युक्रेनमा आफनो सेनाले लडिरहेको कुरालाई अस्वीकार गर्दै आएका छन् । तर, बखमुतको पछिल्लो लडाइँमा अमेरिकी सेनाका एक उच्च‍ कमाण्डरको मृत्यु भएको रुसी र भारतीय संचारमाध्यमहरुले बताएका छन् । समाचारमा अमेरिकी सेनाकाे कमाण्डोका कमाण्डरको फोटो पनि देखाइएको छ ।

अमेरिका सेनाको कमाण्डो लडाइँको नेतृत्व गर्ने दस्ता हो । इराक-अफगानिस्तानमा पनि कमाण्डोले नै नेतृत्व गरेको थियो । यसअघि अमेरिकासहित पश्चिमा देशहरुले हतियारमा मात्रै सहयोग गरिरहेको बताउँदै आएपनि लडाइँमा ती देशका नागरिकको मृत्यु भइरहेको थियो । उनीहरु सेनाबाट अवकाश प्राप्त नागरिक हुन नसक्ने भन्दै पश्चिमा देशहरुले युक्रेनमा सेना पठाएको अस्वीकार गर्दै आएका थिए । तर, बाखमुतमा कमाण्डको कमाण्डरको नै मृत्यु पुष्टी भएको छ ।

बेलायतले २५० किलोमिटर टाढासम्म मार हान्ने मिसाइल उपलब्ध गराएको छ । बेलायतले उपलब्ध गराएको मिसाइल बमुखतमा पुगेको बताइएको छ । नुन र जिप्सन खानी बखमुत पर्यकीकय क्षेत्र पनि हो । यो रुसको सीमाबाट १०० किल‍ोमिटर टाढा रहेको छ । रुस र युक्रेन दुबैले बखमुतलाई अस्तित्वको सवाल बनाएर लडाइँ लडिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।