0 COMMENTS

भक्तपुर, मध्यपुर थिमि ४ मा संचालित बाबा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको २३औं स्थापना दिवसको उपलक्ष्यमा गरिएको कार्यक्रममा महिला १५ र पुरुष २९ गरी जम्मा ४४ जनाले रक्तदान गरेका थिए ।


सोही दिन अपरान्ह क्यान्सर केयर सोसाइटीको सहकार्यमा बाबा सहकारीद्वारा स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्वन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको कुरा व्यवस्थापक ज्ञानेश्वर कायस्थले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।