0 COMMENTS

भक्तपुर, ‘सहकारीको माध्यमबाट सुरक्षित भविष्यको निर्माण गरौं’ भन्ने मुल नारा लिई संचालित विश्वविनायक बचत तथा ऋण सहकारी संस्था लि. ले मध्यपुर थिमि नगरपालिका–६, चपाचोमा शनिबार निःशुल्क दन्त तथा रगत परीक्षण शिविरको आयोजना गरेको छ ।


कार्यक्रम दर्पण डेन्टल होम थिमि र भक्तपुर हर्ट एण्ड डाइबिटिज सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

थाइराइडको पनि परीक्षण रहेको शिविरमा संस्थाका सदस्य तथा सर्वसाधारणसमेत  महिला ८८ र पुरुष ६८ गरी जम्मा १५६ जनाले स्वास्थ्य लाभ गरेको संस्थाका उपाध्यक्ष गणेशहरि प्रजापतिले बताए । विश्वविनायक साकोसले वर्षेनी सामाजिक उत्तरदायित्व वहन गर्दै विविध सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष कृष्णकाजि प्रजापतिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।