0 COMMENTS

वैशाख २८, काठमाडौँ । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पाकिस्तानमा पूर्वविदेशमन्त्री एवं पाकिस्तान तहरिक-ए-इन्साफ दलका नेता शाह महमूद कुरैशीलाई प्रहरीले पक्राउ गरेको हो ।

गिरफ्तार हुनुभन्दा अघि उनले रिकर्ड गरेको भिडिओमा भनेका छन्, “मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म एउटा सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ । आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ ।” उनले समर्थकहरूलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि भनेका छन् ।

यसअघि पाकिस्तानको सेनाले सैन्य अखडाहरू र सार्वजनिक सम्पत्तिहरूमा आक्रमण गर्नेहरू विरुद्ध कडा कारबाही गर्ने चेतावनीसमेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।