0 COMMENTS

वैशाख २८, काठमाडौँ । एकीकृत समाजवादीले आज देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब दिने भन्दै नेकपा एकीकृत समाजवादीले आज प्रदर्शन गर्न लागेको हो ।

आज दिउँसो १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको सो पार्टी का नेता विजय पौडेलले जानकारी दिएका छन् । ‘जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष हार्दिक अनुरोध गर्दछौ ।’ पौडेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।