0 COMMENTS

वैशाख २७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेपछि सरकारको चौतर्फी प्रसंशा भइरहेको छ । आफ्नो पार्टी नेता पक्राउ गरेपछि कांग्रेसका युवा नेताहरूले बुधबार सिंहदरबार पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवादसमेत दिए ।

भेटमा उनीहरु नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान विना दबाब अघि बढाउन आग्रह गरेका छन् । युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका छन् ।

केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण लगायतले गृहमन्त्रीलाई भेटेर आफूहरुको साथ रहने समेत प्रतिवद्धता जाहेर गरे । भेटको क्रममा केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण लगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई सरकारले अघि बढाउनुपर्ने आग्रह गरेका हुन् ।

कसैको दबाबमा नपरी शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गर्न आग्रह गरेका नेता रञ्जित कर्णले बताए । कर्णका अनुसार गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसन खोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने बताएका थिए । यसका लागि सरकार दृढतापूर्वक अघि बढ्ने गृहमन्त्रीले विश्वास दिलाएको उनले बताए ।

भेटमा गृहमन्त्री श्रेष्ठले कसैको दवावमा नपर्ने बताउँदै दोषीलाई नछोड्ने र निर्दोष नफस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।