0 COMMENTS

वैशाख २७, काठमाडौँ । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी प्रहरीको फरार लिस्टमा छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

पार्टीका पदबाट निलम्बनमा परेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन् । स्रोतका अनुसार रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।