0 COMMENTS

वैशाख २४, काठमाडौँ । इङ्लिस प्रिमियर लिगको खेलमा मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी भएको छ । शनिबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गर्दै लिभरपुल बिजयी भएको हो ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३ औँ मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। भर्जिल भान्डाइकले पासलाई सदुपयोग गर्दै सालाहले पहिलो हाफमा नै  १-० को अ अग्ता कायम गराउन सफल भए । त्यसपछि दुवै टिमबाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैबाट पनि गोल हुन सकेन । अन्ततः खेल १-० मा नै टुंग्याउँदै लिभरपुल बिजयी भयो । 

लिग तालिकाको पाँचौं स्थानमा रहेको लिभरपुलले यस जितसँगै ३५ खेलबाट ६२ अंक बटुलेको छ भने समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौँ स्थानमा सीमित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।