0 COMMENTS

वैशाख २०, काठमाडाैँ । रुसले गए राती मस्कोस्थित क्रेमलिनलाई लक्षित गरिएका दुई वटा ड्रोन आफूले खसालिदिएको जनाउँदै युक्रेनमाथि राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको छ । सरकारी समाचार संस्थासँग बोल्दै राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन त्यसबेला क्रेमलिनमा नरहेको बताएका छन् ।

क्रेमलिनका अनुसार ती ड्रोनका केही टुक्रा राष्ट्रपति कार्यालय परिसरमा खसेता पनि कसैलाई चोटपटक नलाग्नुका साथै भवनहरूमा समेत कुनै क्षति भएको छैन । “गत राति किएभको सत्ताले मानवरहित विमानमार्फत रुसी सङ्घका राष्ट्रपतिको निवास क्रेमलिनमा हमलाको प्रयास गरेको छ ।” क्रेमलिनले भनेको छ । त्यसलाई “योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयास” बताउँदै रुसले “आफूले आवश्यक ठानेको बखत जहाँ पनि जवाफी उपाय चाल्ने अधिकार सुरक्षित रहेको” बताएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।