0 COMMENTS

वैशाख २०, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । सत्ता गठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरूपता ल्याउन आधारपत्र तयार गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा बजेट र सिद्धान्तमा एकरूपता ल्याउन सरकारले आधारपत्र गर्ने र त्यसमाथि गठबन्धन दलबीच छलफल गरेर अन्तिम रूप दिने सहमति भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले बताएका छन् । उनले सरकारको सिद्धान्त र नीति तथा कार्यक्रममा एकरूपता ल्याउनका लागि सरकारले आधारपत्र तयार गर्ने र सरकारमा रहेका सबै दलहरूको धारणा समावेश गरेर परिमार्जन गर्ने बताए । उनले आर्थिक प्रतिकूलताकाे अवस्थामा जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर बजेट निर्माण गर्ने तयारी भएको बताए ।

लेखकले गठबन्धन दलका नेताहरूले बाहिर जस्तो अभिव्यक्ति दिए पनि सरकारसँग भएको बहुमतमा कुनै तलमाथि हुने सम्भावना नरहेको जिकिर गरे ।​ उनले रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले कुरा गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।