0 COMMENTS

वैशाख २०, काठमाडाैँ । तनहुँको बन्दिपुर गाउँपालिका- ५, याम्पा आँधीखोलामा ना४ख १९७३ नम्बरको ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते हुनेमा धेरै बालबालिका छन् । अहिले सडक अवरुद्ध छ । ट्रक चालक आँबुखैरहनी प्रहरीको नियन्त्रणमा छन् ।

दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल रहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।