0 COMMENTS

भक्तपुर मध्यपुर न.पा. शंखधर चोकमा संचालित शंखधर वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार यहाँ एक वृहत्त आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त शिविरमा निःशुल्क चश्मा र औषधी, निशुल्क मधुमेह तथा रक्तचाप परिक्षण र शिविरबाट छानिएका मोतिविन्दु बिरामीको अप्रेशनको समेत व्यवस्था गरिएको थियो ।

स्थानीय शंखधर पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सिटी आई केयर सेन्टर मध्यपुर थिमिको प्राविधिक सहयोग रहेको थियो । संस्थाका प्रवन्धक राजेन्द्रकुमार कायस्थका अनुसार शिविरमा भक्तपुर हट एण्ड डाइवेटिक सेन्टरको समेत प्राविधिक सहयोगमा संचालित कार्यक्रममा ३१८ जनाको परीक्षण गरिएको थियो । मोतिबिन्दुका १३ जना बिरामीलाई निःशुल्क उपचार गरिएको थियो । स्मरणीय छ, यस शंखधर वचत तथा ऋण सहकारी संस्थाले बर्षेनी शिविर चलाउँदै शेयर सदस्यहरुलाई सेवा पु¥याउँदै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।