0 COMMENTS

काठमाडौं , सरकार र आमरण अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेबीच सहमति भएको छ । सहमतिपछि घिमिरेले अनशन तोडेका छन् । उनी अनशन बसिरहेको न्यूरोडको भुगोलपार्कमा पुगेर कृषिमन्त्री वेदुराम भुषालले जुस खुवाएर अनशन तोडाएका हुन् । नुवाकोटको ककनी गाउँपालिका २, चित्रे घर भएका घिमिरेले विगत ४ वर्षदेखि कालिज र कुखुरापालन व्यवसाय गर्दै आएका छन् । कृषि पेशामा सोचेजस्तो सफलता हासिल गर्न नसकेका उनले यसको प्रमुख कारण रहेको बताउने गरेका छन।


उनले किसानलाई बैंक ब्याजदर ६ प्रतिशत मात्र तोक्नुपर्ने, मल, बीउ, कृषि औजारमा अनुदान दिनुपर्ने, कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने, किसानलाई परियोजना धितोमा ५० लाख रुपैयाँसम्म १ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने, कृषकको परिचय – पत्र बनाई यातायात भाडामा ५० प्रतिशत छुट गर्नुपर्ने लगायतका माग राखेर ५ बैशाखदेखि आमरण अनशन शुरु गरेका थिए । समग्र किसान हरु का ५ बुंदे माग राखी आमरण अनसन मा शुरु गरेका यूवा कृषक श्रीराम घिमिरे को अनशन माननीय कृषी तथा पशूपंक्षी विकास मन्त्री डा. बेदुराम भुषालज्यू को हातवाट जुश खाएर अनसन तोडे का छन् । झण्डै ७० प्रतिशत किसानहरुका मागहरु पुरा गर्न मन्त्रालय तयार रहेको प्रतिवद्धतापत्र मा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।