0 COMMENTS

वैशाख १३, काठमाडाैँ । नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् । बुधबार प्रगतिशिल लेखक तथा साहित्यकार खेम थपलियाको नाट्यकृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै कञ्चनले शक्ति केन्द्रहरु एमसीसी र एसपीपीलाई लागू गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए । उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएको संकेत उपचुनावको परिणामले गरेको बताए ।

“एमसीसी, एसपीपीजस्ता राष्ट्रघाती परियोजना लागू गरी नेपाललाई विदेशीको खेल मैदान बनाउन शक्तिकेन्द्रहरु लागि परेका छन् । सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताकै कारण विदेशीले खेल्न पाएका हुन् । यही मौकामा विदेशीले केही नयाँ पात्र अगाडि सारेर आफ्नो बर्चश्व बढाउन लागि परेका छन्” कञ्चनले भने, नयाँ शक्तिको नाममा देशलाई युक्रेन बनाउन खेल सतहमा आउन थालेको दाबीसमेत उनले गरे ।

कार्यक्रममा नाटककार विजय विष्फोटले थपलियाको नाटक ‘कमरेड फिप्टी पर्सेन्ट’ अनिल बारबेको विश्व चर्चित नाटक ‘थ्याङ्क्यू मिस्टर गल्याड’ को स्तरको नाटक भएको बताए । विष्फोटले प्रयोगका हिसाबले नयाँ र बिचारका हिसाबले शसक्त रहेकोले अध्ययन गर्न योग्य भएको बताए । यसैगरी समालोचक बद्रि चौलागाईले वर्तमान राजनीतिक विश्वका बिकृति र विसंगतिलाई प्रहार गरेको धारणा राखे । अशोक सुवेदीले माक्सवादी दृष्टिबाट शसक्त भएको बताउँदै माक्सवादी लेखनको चर्चा गरे । त्यस्तै लेखक थपलियाले केही कमजोरी भएपनि पुस्तकमा आफू इमान्दार भएको दाबी गरे । चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रक्षानमा पुर्याउन लागेको भन्दै आफूले इमान्दार भएर त्यसविरुद्ध कलम चलाएको बताए ।

कार्यक्रममा नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य उदयबहादुर चलाउने, सार्दुल, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी, वाम विश्लेषक, नरेन्द्रजंग पीटर, भूरी पुरण प्रकाशनका प्रकाशक केशव पराजुलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चलान लेखक तथा पत्रकार अम्विका चन्दले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।