0 COMMENTS

वैशाख १२, काठमाडौँ । ठूलो दुर्घटनाबाट बालबाल बचेको फ्लाई दुबईको जहाज गन्तव्यतिर लागेको छ । सोमबार राति उड्ने वित्तिकै एउटा इन्जिनमा समस्या आएर झिल्का र विस्फोटको आवाज सुनिएको थियो । फोर्स ल्याण्डनको लागि अनुमति पाएपनि पाइलटले केहीबेर आकाशमै होल्ड गरेर जहाजको कन्डिसन बुझेका थिए । गन्तव्यतिर जान सक्ने अवस्थामा जहाज रहेको भन्दै होल्डबाट बाहिर निकालेका  थिए ।

त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिएपछि जहाज गन्तव्यतिर लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।