0 COMMENTS

वैशाख ११, काठमाडाैँ । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेशको सरकार ढलेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएनन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले विश्वाससम्बन्धी प्रस्ताव राखेका थिए । गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ ।

गिरीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै नेकपा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने मुख्यमन्त्रीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक रहेको थियो । तर, गिरीको पक्षमा उक्त संख्य पुगेन । विश्वासको मत नपाएपछि यसअघि सूदूर-पश्चिम र गण्डकी प्रदेशबाट एमालेले हात धुनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।