0 COMMENTS

चैत २९, दार्चुला । दार्चुलामा दुइ जिप आपसमा ठोकिएर दुर्घटना भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना हुँदा एकजना घइते भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको खलंगाबाट गोकुले जाँदै गरेको से १ ज ८४९ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको म १ ज २७६ नम्बरको जिप आपसमा ठोकिएका हुन् । जिपमा सवार १४ वर्षीय सुनिता चैसीर सामान्य घाइते भएकी छन् । अन्य यात्रुलाई चोटपटक लागेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।