0 COMMENTS

चैत २९, काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत रहेका थिए । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताएका छन् ।

गिरी कपिलवस्तु जिल्ला अदालतमा कार्यरत थिए । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् । गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने एसएसपी कार्कीले बताएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् ।

मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरूमा सहभागी हुने बताएका हुन् । उनले आफूहरू संघीय सरकारमा सत्तारूढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताएका हुन् । उनले संघ र प्रदेश सरकार दुवैमा आफूहरूको भूमिका हुने उल्लेख गरेका छन् ।

राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बअध्यक्ष नेपालकाे भनाइ रहेको छ । उनले शिक्षकहरूको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने पनि बताए । उनले कुनै पनि बालबालिकाहरूलाई विद्यालय बाहिर राख्नु नहुने उल्लेख गरेका छन् । सबैले कम्तीमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने उनकाे भनाइ रहेको छ । उनले युवाहरूलाई प्राविधिक शिक्षा र प्राविधिक तालिम दिएर सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने हुनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।