0 COMMENTS

चैत २७, धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । आइतबार चुरे गाउँपालिकाको-६ भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा सु.प प्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा चुरे गाउँपालिका-६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको हो ।

मेलकट्टेश्वर मावि चुरे-६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर  निधन भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी, वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन् । घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फर्किरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् । जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडी दुर्घटना भएको खुलेको छ। गाडी चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।