0 COMMENTS

चैत २५, काठमाडौँ । नेपाल सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिस्तरिय निर्णय गरेर नयाँ प्रणाली लागू हुने भएको हो । नेपाली टेलिभिजन च्यानलहरुमा पहिलो पटक आलाकार्ट लागू हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिभिजन च्यानलहरुमा तत्काल आलाकार्ट लागू गर्नेगरी चैत १५ गते निर्णय गर्नुभएको थियो ।

नेपालमा टेलिभिजन च्यानलहरुको सिग्नल वितरणमा भइरहेको मनपरीलाई व्यवस्थित, पारदर्शी र वैज्ञानिक बनाउन आलाकार्ट लागू गरिएको हो । यो निर्णयसँगै दर्शकहरुले अब आफ्नो रोजाईअनुसार टेलिभिजन च्यानलन खरिद गर्न सक्ने भएका छन् । टिभी च्यानलहरु न्यूनतम मूल्य २५० रुपैयाँ पर्ने भएको छ भने टेलिभिजन च्यानलहरु रोज्ने वा नरोज्ने उपभोक्ताले निर्णय गर्न पाउने भएकाछन् । त्यस्तै, अब शूल्कमा एकरुपता ल्याउनेछ ।

मन्त्री शर्माको यो निर्णयले टेलिभिजन च्यानलहरुमा सूचनामूलक, समाचारमूलक शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुदजस्ता विषयवस्तु समावेश भएको हुनुपर्ने छ । त्यस्तै, प्रशारण संस्थाले नेपाली टेलिभिजन च्यानल तथा विदेशी फ्रि टु एयर च्यानलहरु उपभोक्तालाई देखाउनुपर्नेछ । सशुल्क च्यानलहरु प्रशारण गरेवापत अलगअलग रुपमा वा च्यानलहरुको प्याकेजका आधारमा व्यवसायीले उपभोक्ताबाट शुल्क लिन पाउने छन् । तर, प्याकेजको अधिकतम मूल्य करसहित ४० रुपैयाँभन्दा बढी लिन पाउने छैनन् ।

विदेशी च्यानल वितरणमा भइरहेको मनोमानीले टेलिभिजन व्यवसाय धराशायी बनाइरहेको बेला मन्त्री शर्माको निर्णयले टेलिभिजन व्यवसायमा क्रान्ति ल्याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।