0 COMMENTS

चैत १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३४ औँ मजदुर दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । काठमाडौँमा शनिबार सम्पन्न महासङ्घका उपलब्ध केन्द्रीय सदस्यसहितको बैठकले मजदुर दिवस भव्य रूपमा मनाउने निर्णय गरेको जानकारी महासङ्घ केन्द्रीय कार्यालयले दिएको छ ।

प्राप्त समाचारअनुसार बैठक नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् मजदुर फ्याक्सन इन्चार्ज शार्दूलको प्रमुख आतिथ्यमा बसेको थियो । बैठकले अन्तर्राष्ट्रिय मजदुर दिवसको ऐतिहासिक महत्वमा जोड दिँदै सबैखाले शोषण र अन्यायविरुद्ध सङ्घर्ष दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

बैठकको सञ्चालन तथा अध्यक्षता पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् महासङ्घका अध्यक्ष विनोद थापाले गरेका थिए । बैठकमा सङ्गठनका केन्द्रीय कोषाध्यक्ष ईश्वर बुढाथोकीलगायत सहभागी थिए ।

बैठकमा प्रमुख अतिथि शार्दूलले पार्टी र पार्टी निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घप्रति आममजदुर र जनताको आशा र भरोशा बढ्दो रूपमा रहेको बताएका थिए । शार्दूलले मजदुर हितविरोधी संसदीय राजनीतिक प्रणाली अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्षरत नेकपा (बहुमत) र क्रान्तिकारी ट्रेड युनियन महासङ्घ निर्णायक सङ्घर्षमा अघि बढ्नुपर्ने बताएका थिए ।

बैठकले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई खास दिवसका रूपमा भव्य र ऐतिहासिक रूपमा मनाउन तयारी समिति गठन गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।