0 COMMENTS

चैत ७, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको फेरि फर्कोस् भनेर घोडाको टापले कुल्चाएर दबाउन घोडेजात्रा मनाउँदै आएको जनविश्वास छ ।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्माला ई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास उपत्यकाबासीमाम रहि आएको छ । घोडेजात्राको अबसरमा आज नेपाली सेनाका तर्फबाट टुँडिखेलमा घोडा दौड तथा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।