0 COMMENTS

फागुन २८, काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । शनिबार भएको उम्मेदवारी दर्ताविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । आयोगले महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको थियो । तर, गठबन्धनबाट जसपाले रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गरेका छन् । त्यसविरुद्ध गठबन्धनकै अर्को जनमतले पनि विरोध जनाएको छ । गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ ।

उपराष्ट्रपति मागेको रेशम चौधरीको पार्टीले भने अन्तिममा आएर उम्मेदवारी दर्ता गरेन । जसपाले यादवको उम्मेदवारी खारेज भएमा भन्दै प्रमीला यादवको पनि उम्मेदवारी दर्ता गराएको छ । नेताहरुले नौ दलीय गठबन्धनमा सहमति गरेरै तीनवटा उम्मेदवारी परेको सिके राउतले बताएका छन् । त्यसैगरी सिके राउतको पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ । नेकपा एमालेले नेतृ अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ पराजित भएका थिए । उपराष्ट्रपतिमा पनि गठबन्धनमा फाँटो आएन भने एमालेले हार्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।